आयुर्वेद चिकित्सा वैदिक कालदेखि शास्वतरूपमा चल्दै आएको चिकित्सा पद्दति हो । वि.सं. १९७३ देखि गोश्वारा गौडामा आयुर्वेद औषधालय स्थापना गरी आयुर्वेदबाट स्वास्थ्य सेवा लिन सुरू गरिएको हो । नेपालमा सम्बत् १९७४ देखि आयुर्वेद चिकित्सालयको संस्थागत विकास भएको पाईन्छ । वि.सं. १९७४ बैशाख अक्षतृतीया देखि चार शैयायुक्त नरदेवी आयुर्वेद चिकित्साय नरदेवीमा स्थापना भएको । औषधि उत्पादन केन्द्रको रूपमा सिंहदरवार वैद्यखाना लिच्छविकाल देखि स्थापना भएको मानिन्छ । यसै गरि आयुर्वेद विभाग वि.सं. २०१० सालमा स्थापना भई पछि स्वास्थ्य सेवा विभागमा विलय भई लामो समय पश्चात् वि.सं. २०३८ असार ३१ मा आयुर्वेद विभागको रूपमा स्थापना भयो । हाल संघीय संरचना अनुसार आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको रूपमा टेकु काठमाडौमा रहको छ ।

विभागको काम, कर्तव्य र अधिकारः

  • आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग र सो अन्तर्गत सञ्चालित कार्यक्रमहरू तर्जुमा तथा समन्वय गर्ने ।
  • आयुर्वेद तथा होमियोप्याथी, युनानी, प्राकृतिक चिकित्सा, आम्ची लगायत वैकल्पिक चिकित्सा सम्बन्धि नीति, गुणस्तर र

मापदण्ड सम्बन्धी आवश्यक कार्यहरू गर्ने ।

  • जडिबुटी संरक्षण, संवर्धन, प्रवर्धन र गुणस्तरीय आयुर्वेद औषधि उत्पादन, अनुसन्धान र नियमनका लागि सरोकारवाला

निकायसंग समन्वयात्मक कार्य गर्ने ।

  • सरकारी तथा निजी संस्थाहरूबाट संचालित आयुर्वेद तथा वैकल्पिक स्थास्थ्य संस्थाबाट प्रदान गरिने सेवाको प्रभावकारिताको

अनुगमन, निरीक्षण, स्वीकृति तथा आवश्यक मार्गदर्शन दिने ।

  • आयुर्वेद स्वास्थ्य सेवा व्यवस्थापन र प्रवर्धन सम्बन्धी कार्यहरू गर्ने ।
  • अन्य दैनिक प्रशासनिक कार्यहरू सम्पादन गर्ने ।