होमियोप्याथी तथा आम्ची चिकित्सा सेवा सुदृढीकरण सम्बन्धि कानून, नीति, गुणस्तर तथा मापदण्ड निर्माणमा सहयोग गर्ने ।
होमियोप्याथी अस्पताल सेवा गुणस्तर सुनिश्चितताका लागि अनुगमन र निरीक्षण गर्ने ।
निजी तथा गैरसरकारी होमियोप्याथी र आम्ची चिकित्सा अस्पताल, फार्मेसी अनुगमन सम्बन्धि राष्ट्रिय नीति, निर्देशिका, मापदण्ड निर्माण गर्ने । तोकिए वमोजिम सञ्चालन स्वीकृति सम्बन्धि कार्य गर्ने ।
होमियोप्याथी फार्मेसी सेवाको गुणस्तर मापन र पृष्ठपोषण गर्ने ।
होमियोप्याथी तथा आम्ची विषयगत प्रस्तुती, सभा, गोष्ठी, सेमिनार वा सम्मेलनको आयोजना कार्यान्वयन तथा आवश्यकतानुसार सहभागिता जनाउने ।
होमियोप्याथी तथा सोवारिक्पा (आम्ची) को विकास र विस्तार सम्बन्धि अल्पकालिन र दीर्घकालिन नीति योजना तयार गर्न सहजिकरण गर्ने ।
हिमाली जिल्लामा परम्परादेखि प्रचलित सोवारिक्पा (आम्ची) उपचार एकाई स्थापनाका लागि सहजिकरण गर्ने ।
होमियोप्याथी तथा आम्ची चिकित्सा विधा सम्बन्धि अनुसन्धानमूलक कार्यहरूमा सहजिकरण गर्ने ।
होमियोप्याथी तथा सोवारिक्पा (आम्ची) चिकित्सा क्षेत्रमा अनुसन्धानलाई प्रवर्धन गर्दै अनुसन्धानबाट प्राप्त प्रमाणमूलक व्यवहार वा अभ्यासलाई नीति निर्माण, योजना तर्जुमा, औषधि उपचार पद्दति एवं स्वास्थ्य सेवा प्रवाहमा उपयोग गर्न सहजिकरण गर्ने ।
प्राविधिकहरूका लागि तालिम आवश्यकता पहिचान र कार्यान्वयन गर्ने ।