- अनुगमन तथा मूल्यांकन सम्बन्धि खाका तर्जुमा गर्ने र लागु गर्ने ।
- प्रदेशस्तर र स्थानियतहबाट संचालित कार्यक्रमहरूको समीक्षा गर्न सहजिकरण गर्ने ।
- संचालित आयुर्वेद कार्यक्रमहरूको प्रभावकारिता अध्ययन एवं अनुसन्धान तथा नयां स्वास्थ्य कार्यक्रमहरू तर्जुमा गर्न सहजिकरण गर्ने ।
- आयुर्वेद सम्बन्धि कार्यक्रमहरू तथा प्रगतिको विश्लेषण गर्ने ।
- आयुर्वेद विकासका लागि वैदेशिक स्रोतको प्रभावकारी परिचालन र उपयोग गर्न राष्ट्रिय/अन्तर्राष्ट्रिय संघ संस्थाहरूसंग समन्वय र सहकार्य गर्न सहजिकरण गर्ने ।
- आयुर्वेद स्वास्थ्यकर्मीको वृत्तिविकास र दक्षता अभिवृद्धिका लागि तालिम, अध्ययन, भ्रमण आवश्यकता पहिचान, संचालन र मूल्यांकन गर्ने ।
- स्वास्थ्य संस्थाहरूलाई आवश्यक पूर्वाधार विकासका लागि राष्ट्रिय योजना तर्जुमा गर्न सहजिकरण गर्ने ।
- आयुर्वेद सूचना प्रणालीलाई संस्थागत गर्न समन्वय तथा सहजिकरण गर्ने ।
- स्वास्थ्य सम्बन्धि संघीय, प्रादेशिक तथा स्थानीय तहका अल्पकालिन तथा दीर्घकालिन नीति, रणनीति, योजना तर्जुमा गर्न सहयोग गर्ने ।
- आयुर्वेद तथा वैकल्पिक चिकित्साका विभिन्न विधाहरूमा हुने अध्ययन र अनुसन्धानका लागि समन्वय गर्ने ।
- आयुर्वेद क्षेत्र मानव संशाधन लगायत तथ्यांकको संकलन, प्रशोधन, विश्लेषण, वितरण, संरक्षण, अद्यावधिक, उपयोग तथा प्रकाशन सम्बन्धि कार्य गर्ने ।
- प्रदेश तथा स्थानीय तहको आयुर्वेदको सम्पर्क इकाईको रूपमा कार्य गर्ने ।