आयुर्वेद चिकित्सा अन्तर्गतका स्वस्थ आहार (Diet and Nutrition), विहार तथा आचार (Healthy Lifestyle), वातावरणीय स्वास्थ्य ( Environmental Health) लगायतका अन्य स्वास्थ्य प्रवर्धनात्मक मौलिक विधि/प्रविधिहरूको समुचित विकास गरि सर्वसुलभ प्रयोगमा ल्याउन प्रोत्साहन गर्ने ।
खाद्यपदार्थजन्य रोग तथा जीवनशैलीसंग सम्बन्धित रोग नियन्त्रणको लागि आयुर्वेद, योग तथा अन्य वैकल्पिक चिकित्साका विशेष कार्यक्रम संचालन सम्बन्धि मापदण्ड निर्धारण गर्ने ।
आयुर्वेदीय पद्दतिद्वारा कुपोषण न्यूनीकरण एवं कुपोषणजन्य रोगहरूको रोकथाम, उपचार, व्यवस्थापन, प्रोत्साहन तथा सूचना प्रचार प्रसारको प्रबन्ध मिलाउने ।
सद्वृत, आचार तथा आहार रसायन, नैतिक शिक्षा जस्ता जीवन व्यवहार परिवर्तन (Lifestyle modification) सम्बन्धी ज्ञानलाई प्रचार प्रसार गरि व्यवहारिक प्रयोगमा ल्याई स्वस्थ जीवनशैली प्रवर्धन गर्ने ।
जैविक खेतीलाई प्रोत्साहन गर्न सहयोग गर्ने ।
स्वास्थ्यलाई हानि गर्ने प्रशोधित, अप्राकृतिक तथा तयारी खानेकुराहरू (Fast Food), तयारी पेय पदार्थहरू, मदिरा तथा तम्बाकु आदिको सेवनलाई निरूत्साहित गर्न विशेष कार्यक्रम संचालन सम्बन्धी नीति र मापदण्ड निर्धारणमा सहजिकरण गर्ने ।
आयुर्वेदीय जीवनशैली र चिकित्साद्वारा नसर्ने दीर्घ रोग र मानसिक रोगको उपचार एवं व्यवस्थापन तथा ज्येष्ठनागरिक, मातृ तथा बाल स्वास्थ्य प्रवर्धनका लागि प्रभावकारीता अध्ययन गरी लागु गराउने ।