आयुर्वेद चिकित्सा सेवा सुदृढीकरण सम्बन्धि कानून, नीति, मार्गदर्शन, गुणस्तर तथा मापदण्ड निर्माण गर्न सहयोग गर्ने ।
आयुर्वेद चिकित्सा उपचार प्रोटोकल, म्यानुअल, निर्देशिका तयार गर्ने ।
आधारभूत स्वास्थ्य सेवामा आयुर्वेदको भूमिकालाई परिभाषित र प्रभावकारी व्यवस्थापनका साथै निरीक्षण, अनुगमन तथा मूल्यांकन गर्ने ।
आयुर्वेद अस्पताल सेवा गुणस्तर सुनिश्चितताका लागि अनुगमन र निरीक्षण गर्ने ।
निजी तथा गैरसरकारी आयुर्वेद संस्थाहरूको सञ्चालन स्वीकृति अनुगमन सम्बन्धि राष्ट्रिय नीति, निर्देशिका, मापदण्ड निर्माण गर्ने र तोकिए वमोजिम सञ्चालन स्वीकृति दिने ।
आयुर्वेद अस्पताल फार्मेसी सेवा सञ्चालन सम्बन्धि मापदण्ड निर्धारण तथा कार्यान्वयनमा सहजिकरण गर्ने ।
आयुर्वेद चिकित्सा सेवा सम्बन्धि सूचनामूलक सामग्री उत्पादन, प्रकाशन र प्रशारण गर्ने ।
आयुर्वेद चिकित्सक एवं अन्य प्राविधिकहरूका लागि सीप विकास र दक्षता अभिवृद्धि सम्बन्धि तालिम आवश्यकता पहिचान एवं कार्यान्वयन गर्ने ।
क्लिनिकल एवं विविध पक्षहरूमा बिषयगत प्रस्तुती, सभा, गोष्ठी, सेमिनार वा सम्मेलनको आयोजना कार्यान्वयन तथा आवश्यकतानुसार सहभागिता जनाउने ।
निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरका लागि आवश्यक जनशक्ति परिचालन गर्ने ।
परम्परागत स्वास्थ्य सेवा प्रदायकहरूलाई गुणस्तरीय बनाउन आवश्यक कार्य गर्ने ।