• विभाग स्तरका कर्मचारीहरूको हाजिर तथा बिदा व्यवस्थापन सम्बन्धि कार्य गर्ने ।
  • विभाग स्तरका कर्मचारीहरूको व्यक्तिगत विवरण अध्यावधिक गर्ने ।
  • दर्ता, चलानी सम्बन्धी कार्य गर्ने ।
  • विभागको भवनको सुरक्षा, सरसफाई, बत्ति, पानी तथा टेलिफोनको प्रवन्ध लगायत आन्तरिक प्रशासन सम्बन्धि अन्य कार्य गर्ने ।
  • विभागमा रहेका सरसामानहरूको रेखदेख तथा मर्मत सम्भारको व्यवस्था मिलाउने ।
  • जिन्सी व्यवस्थापन गर्ने ।
  • विभागीय कामका सिलसिलामा आईपर्ने अन्य प्रशासनिक कार्यहरू गर्ने ।
  • विभाग स्तरमा कानूनी परामर्श प्रदान गर्ने ।

आर्थिक प्रशासन

  • विभाग र अन्तर्गतको केन्द्रिय वार्षिक आर्थिक विवरण तयार गर्ने ।
  • विभाग अन्तर्गत अख्तियारी व्यवस्थापन तथा रकमान्तर गर्ने ।
  • अन्तर्गतका शाखाहरूको बजेट निकासा गराउने ।
  • आन्तरिक लेखा परिक्षण गराउने ।
  • विभाग अन्तर्गतका कार्यालयहरूको अन्तिम लेखा परीक्षण गराउने ।
  • बेरूजुको लगत राख्ने ।
  • बेरूजु फर्छ्यौट गराउने ।
  • विभागको कार्य संचालनको निकासा लिने ।
  • दैनिक कार्य संचालनको लागि खर्च भएको रकम भुक्तानी दिने ।
  • मासिक विवरण तयार गरी पठाउने ।
  • आर्थिक प्रशासनसंग सम्बन्धित राय सल्लाह प्रदान गर्ने ।
  • वार्षिक कार्य योजना तर्जुमा प्रक्रिया तथा कार्यान्वयनमा समन्वय तथा सहयोग गर्ने ।