परिचय

आयुर्वेद चिकित्सा वैदिक कालदेखि शास्वतरूपमा चल्दै आएको चिकित्सा पद्दति हो । वि.सं. १९७३ देखि गोश्वारा गौडामा आयुर्वेद औषधालय स्थापना गरी आयुर्वेदबाट स्वास्थ्य सेवा लिन सुरू गरिएको हो । नेपालमा सम्बत् १९७४ देखि आयुर्वेद चिकित्सालयको संस्थागत विकास भएको पाईन्छ । वि.सं. १९७४ बैशाख अक्षतृतीया देखि चार शैयायुक्त नरदेवी आयुर्वेद चिकित्साय नरदेवीमा स्थापना भएको । औषधि उत्पादन केन्द्रको रूपमा सिंहदरवार वैद्यखाना लिच्छविकाल देखि स्थापना भएको मानिन्छ । यसै गरि आयुर्वेद विभाग वि.सं. २०१० सालमा स्थापना भई पछि स्वास्थ्य सेवा विभागमा विलय भई लामो समय पश्चात् वि.सं. २०३८ असार ३१ मा आयुर्वेद विभागको रूपमा स्थापना भयो । हाल संघीय संरचना अनुसार आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको रूपमा टेकु काठमाडौमा रहको छ ।

विभागको काम, कर्तव्य र अधिकारः

मापदण्ड सम्बन्धी आवश्यक कार्यहरू गर्ने ।

निकायसंग समन्वयात्मक कार्य गर्ने ।

अनुगमन, निरीक्षण, स्वीकृति तथा आवश्यक मार्गदर्शन दिने ।