- जडिबुटी सम्बन्धि नीति एवं मापदण्ड निर्धारण सम्बन्धि कार्य गर्ने ।
- औषधीय जडिबुटी तथा स्रोतहरूको संरक्षण, व्यवस्थित अभिलेखीकरण, प्रकाशनका साथै जडिबुटीहरूको वौद्धिक सम्पदा अधिकार संरक्षण ।
- आयुर्वेद लगायत औषधिहरूको गुणस्तर मापदण्ड निर्धारण गर्ने ।
- आयुर्वेद औषधि उद्योग तथा जडिबुटी प्रशोधन केन्द्र स्थापना, संचालन सम्बन्धि नीति तथा मापदण्ड निर्धारण गर्ने ।
- जडिबुटी खनिज तथा जान्तव सम्बन्धि औषधीय अनुसन्धानमा सहयोग गर्ने ।
- जडिबुटी एवं कच्चापदार्थको गुणस्तर निर्धारण एवं नियमन तथा विदेशबाट आयात हुने वा स्वदेशमा निर्माण गरिने आयुर्वेदीय औषधिहरूको गुणस्तर कायम गर्ने ।
- नेपाल आयुर्वेद भैषज्य संहिता (The Ayurveda formulary of Nepal) को समसामयिक संकलन एवं प्रकाशन सम्बन्धि कार्य गर्ने ।
- व्यवसायिक जडिबुटी खेती र वजार व्यवस्थापनमा सहयोग पुर्याउने ।
- जडिबुटी एवं तत्जन्य उत्पादनहरूको प्रदर्शनी, सभा, सम्मेलन, गोष्ठी लगायतका कार्यक्रमहरूमा सहभागी भई प्रदर्शन र सूचना प्रवाह गराउने व्यवस्था मिलाउने ।
- घरेलु जडिबुटी प्रयोगको प्रवर्धन गर्ने र जनचेतना अभिवृद्धि गर्ने ।
- अत्यावश्यक आयुर्वेद औषधि सूची तयार र परिमार्जनका साथै मूल्य निर्धारणमा सहजिकरण गर्ने ।
- आयुर्वेद औषधि सम्बन्धमा राय उपलब्ध गराउने ।